अमर लामाको पक्षमा तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा चुनाउ प्रचार

IMG-20260417-WA0066

तीनधारे: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा चुनाव प्रचार गरिएको छ। उक्त चुनाव प्रचार केही दिन अघि मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई समर्थन गरेका बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे र तीनधारे महानदी समष्टिको पदाधिकारीहरुद्वारा गरिएको छ। यस क्रममा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, खरसाङबाट प्रणय रोका लगायत शाखा र समष्टि प्रतिनिधिहरु उपस्थित भएर अमर लामाको पक्षमा चुनाव प्रचार गरिएको जानकारी प्राप्त भएको छ। उक्त चुनाव प्रचारको क्रममा तीनधारे महानदी समष्टिको सिविटार, सिमरिङ, शिवखोला, सिपाहीधुरा, तीनधारे आदि क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा चुनाव प्रचार गरेका छन्।

उक्त अवसरमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले विभिन्न स्थानहरुमा रहेका बौध्द गुम्बा लगायत धार्मिक स्थानहरूमा पुगेर स्थानीयहरुलाई भेटघाट गर्नुको साथै यसपालीको चुनावमा भागोप्रमोको उम्मेद्वार अमर लामालाई भारी मतले विजयी बनाउने आह्वान् गरेका छन्। अमर लामाले जितेपछि धन्यवाद ज्ञापन गर्न गाउँ गाउँ आउने वाचा पनि गरेका थिए। यसको साथै विभिन्न स्थानहरुका जनसाधारणको विभिन्न गुनासोहरु पनि सुनेका थिए।

About Author

Advertisement