तीनधारे: महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको गुम्बाडाँडा निवासी बाजे हरिकुमार थापा र बोजु ममता छेत्री साथै पिता दिपेस थापा र माता शर्मिला छेत्रीकी सुपुत्र साईदिप थापाले यसपालीको सीबीएसई बोर्डको दशौँ श्रेणीको परीक्षामा उत्कृष्ट अंक ल्याएर आफ्नोे परिवार साथै गाउँ ठाउँलाई गौरवान्वित बनाएका छन्। साईदिप थापाले सीबीएसई बोर्डको दशौँ श्रेणीको परीक्षामा ९०.४ अंक ल्याएर उत्तीर्ण भएका छन्। दिल्ली पब्लिक स्कूल सिलगढीबाट साईदिपले उत्कृष्ट अंक ल्याएर सफल भएका छन्। उनले अंग्रेजी विषयमा ९५, नेपालीमा ८१, गणितमा ८८, विज्ञानमा ८१, सोसियल साइन्समा ९४ र आर्टिफिसियल इन्टिलिजेन्टमा ९४ सहित जम्मा ४५२ अंकसहित ९०.४ प्रतिशत ल्याएर आफ्नोे परिवार र गाउँ समाजलाई गौरवान्वित बनाएका छन्। साईदिपले एघारौँ श्रेणीको पढाई विज्ञान विषय लिएर दिल्ली पब्लिक स्कूलमा नै शुरु गरेको उनका पिता आशिष थापाले जानकारी गराएका छन्।








