खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत निर्मल साथी र निर्मल बन्धुहरूलाई लिएर खरसाङ शहरको सरसफाइ अभियान सम्पन्न गरिएको छ। यस सर सफाई अभियानमा खरसाङ नगरपालिकाको २१ जना निर्मल साथीहरु, ६३ जना निर्मल बन्धुहरु लगायत खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बा, सुपर भाइजरहरू, सफाई कर्मचारीहरु उपस्थिति रहेका थिए। यस सर सफाई अभियान अन्तर्गत खरसाङ बजारको विभिन्न रोड र गल्लीहरुमा सर सफाई कार्य सम्पन्न गरिएको छ भने विभिन्न स्थानहरुमा रहेको मैलाहरु टिपेर सर सफाई गरिएको छ भने सर सफाईको लागि सचेतना पनि गरिएको छ। यस अवसरमा सबैले खरसाङ शहरको विभिन्न स्थानहरुमा सर सफाई गर्नुको साथै बजारका दोकानेहरु र स्थानीयहरुलाई मैला कुँचेलाहरु जताभावी फ्याँक्नु नहुने तर बोरातिर हालेर दोकान अघितिर राखिदिने अनुरोध गरिएको छ।

यसको साथै सबैलाई आह्वान् गर्दै मैलाहरु र गुटका, सिगरेटहरु खाएर जताभावी नफ्याँकिदिने अनुरोध गरेका छन्। खरसाङ बजारलाई सफा र स्वच्छ राख्नलाई निर्मल साथी र निर्मल बन्धुहरूको मात्र दायित्व नभएर स्थानीयहरु सबैको दायित्व रहेको बताइएको छ।







