घैयाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20260416-WA0079

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा घैयाबारी २५७ बुथको चुनावी सभा गैरी गाउँ सार्वजनिक भवनमा सम्पन्न गरियो। उक्त सभा वरिष्ठ नागारिक हरिबहादुर खातीको अध्यक्षतामा र बुथका संयोजक भीषण लामाको संचालनमा सम्पन्न गरियो। सभामा भारती गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, खरसाङ महकुमा सभापति सुमन बम्जन, ट्रेड युनियन महकुमा समितिका सचिव भक्तिमान तामाङ, महकुमा उप- सभापति प्रेम प्रधान, घैयाबारी ग्राम तीनका पंचायत समिति कर्म अध्यक्ष दावा वाङदी लामा,कुसुम तामाङ आदिको विशेष उपस्थिति रहेको थियो। सभामा वक्ताहरुले आगमी विधानसभा चुनावमा हाम्रो उम्मेदवार अमर लामालाई भारी मतले विजय गराउनुपर्छ जसको निम्ति पाटीका सबै कार्यकर्ताहरु सक्रिय रुपले अघि आईदिने‌ आह्वान् गरेका थिए। वक्ताहरुले यसपाली २५७ बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई विजय गराउने आह्वान् गरेका छन्।

सभालाई नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री, महकुमा सभापति सुमन बम्जन, ट्रेड युनियन महकुमा सचिव भक्तिमान तामाङ, पञ्चायत समिति सदस्य दावा वाङदी लामा, २५७ बुथका सभापति नरेन राई,सचिव नवराज प्रधान, ट्रक युनियनबाटा मन्ना त्रिखत्री, ग्रामबासीको पक्षबाट दिलकुमार छेत्री आदिले सम्बोधन गरेका थिए।

About Author

Advertisement