सोनादा: लोकतन्त्रको सुदृढीकरणको लागि चुनाव अत्यन्त महत्वपूर्ण माध्यम हो। हाम्रो एक–एक मतले आफ्नो स्थााीय क्षेत्र, राज्य तथा देशको भविष्य निर्धारण गर्दछ। त्यसैले कुनै भावनात्मकतामा मात्र होइन तर आफ्नो मन र मस्तिष्कले गहिरो रूपमा सोचेर सही उम्मेदवार र उचित नीतिलाई छनोट गर्नु हाम्रो कर्तव्य हो। विवेकपूर्ण मतदानले मात्र सुशासन, विकास र समृद्धिको मार्ग प्रशस्त गर्न सक्छ। त्यसैले आफ्नो अमूल्य मतको सही उपयोग गरौं, सचेत बनौं र अरूलाई पनि सचेत बनाऔं भन्ने उद्देश्य लिएर सोनादा डिग्री कलेजको चुनावी साक्षात्कार क्लबले कलेजका प्राचार्य डा योगेश खातीको निर्देशनमा राजनितीविज्ञान विभागको आयोजना र कलेजको आन्तरिक गुणवत्ता मुल्यांकन समिति( आई.क्यु. ए. सी.) को सह प्रायोजनामा आज १६ अप्रेलको दिन कलेजको प्रेक्षागृहमा चुनावी सचेतना कार्यक्रम सम्पन्न गर्यो। उक्त सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै विशेष रुपमा आगामी विधानसभा चुनावमा प्रथमपल्ट मतदान दिने विद्यार्थीहरु लगायत उपस्थित अन्य विद्यार्थीहरु र शिक्षण अशिक्षणकर्मीहरुलाई कलेजका उप प्राध्यापक- प्राध्यापिकाहरु उपस्थित रहेका थिए।








