मिरिक‌मा अमर लामाको पक्षमा चुनाव प्रचार

IMG-20260416-WA0074

यसपाली भागोप्रमोले पहाडमा सय प्रतिशत जीत हाँसिल गर्नेछ: एलबी राई

मिरिक: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा मिरिक बजारमा मिरिक चुनाउ प्रचार गरिएको छ। मिरिक नगरपालिका अध्यक्ष एवं हिल तृणमूल कांग्रेस चेयरम्यान एलबी राईको अगुवाईमा बिहीवार मिरिक बजार क्षेत्रमा अमर लामाको पक्षमा चुनाव प्रचार गरेका छन्। उनले मिरिक बजार क्षेत्रमा रहेका हरेक दोकानतिर पुगेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई टर्च लाइटकाे चिन्हमा भोट दिएर जिताउन आह्वान् गर्दै चुनाव प्रचार गरेका छन्। उनले यसावधि आफ्नो समर्थकहरुका साथमा हरेक दोकानमा पुगेर मानिसहरुलाई भेट्दै टर्च लाइट देखाउँदै र फोटो खिँच्दै अमर लामालाई जिताउन आह्वान् गरेका छन्।‌ उक्त चुनाव प्रचार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मिरिक नगरपालिकाको चेयरम्यान एंव हिल तृणमूल नेतृत्व एलबी राईले यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले सय प्रतिशत जीत हाँसिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘विगतमा पनि हाम्रो उम्मेद्वारले निश्चित रुपमा जित्ने थियो तर हाम्रै कमजोरीले‌ गर्दा हार भएको तर यसपाली हामीले पूर्ण रूपमा खटेको र हामी निश्चित छौं कि अमर लामाले पूर्ण रूपमा जीत हाँसिल गर्नु हुनेछ।’

एलबी राईले गृहमन्त्री दार्जिलिङ नआएको विषयमा सोधिएको प्रश्नको उत्तरमा भने, भारतीय जनता पार्टीले जहिले ढाँटेर मात्रै भोट माग्ने बानी बसेको छ र यसपाली भाजपाको हार निश्चित रहेको छ।’

About Author

Advertisement