भीआईडी म्यूजिक ग्रुपद्वारा लियोनल मेस्सीविरुद्ध मुद्दा दायर

IMG-20260416-WA0061(1)

ब्यूनस आयर्स: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सी कानूनी विवादमा फसेका छन्। मियामीको इभेण्ट कम्पनी भीआईडी म्यूजिक ग्रुपले मेस्सी र अर्जेण्टिना फूटबल संघविरुद्ध मुद्दा दायर गरेको छ। मामिला गत वर्ष अक्टोबरमा मियामीको हार्ड रक स्टेडियममा खेलिएको अर्जेण्टिना र भेनेजुएलाबीच मैत्री म्याचसँग सम्बन्धित छ। कम्पनीले मेस्सीले त्यस म्याचमा खेल्नको निम्ति लगभग ७ मिलियन डलरको अनुबन्धको उल्लंघन गरेका छन्। सम्झौता अनुसार, चोटग्रस्त नभए उनी कम्तीमा ३० मिनटको निम्ति मैदानमा ओर्लिनु थियो तर मेस्सीले म्याचमा हिस्सा लिएनन् अनि स्टेडियमको एउटा लग्जरी सुइटमा बसेर म्याच हेरेका थिए। कम्पनीले दावी गरे अनुसार, मेस्सीको अनुपस्थितिले टिकट बिक्री, स्पन्सरशीप र ब्रडकास्ट रेभेन्यूमा ठूलो असर रह्यो, जसले उनीहरूलाई ठूलो आर्थिक क्षति भयो। भीआईडी म्यूजिक ग्रुपका वकील राल्फ पेटिनोले बताएअनुसार, मेस्सीको भागीदारी यस अनुबन्धको एउटा महत्त्वपूर्ण शर्त थियो अनि त्यो सीधा रूपले म्याचको व्यवसायिक सफलतासँग जोड़िएको थियो। कम्पनीले अर्जेण्टिना फूटबल संघसँग भेनेजुएला र प्यूर्तो रिकोविरुद्ध २ वटा मैत्री म्याचको प्रमोशनको अनुबन्ध गरेको थियो। मेस्सीले त्यस समय भेनेजुएलाविरुद्ध म्याचमा हिस्सा नलिए पनि भोलिपल्ट मेजर लीग सकरमा इण्टर मियामीबाट खेल्न मैदानमा ओर्लिएका थिए। अटलाण्टाविरुद्ध त्यस म्याचमा उनले २ गोल पनि गरेका थिए। उनले प्यूर्तो रिकोविरुद्ध दोस्रो म्याचमा पनि हिस्सा लिएनन्। अर्जेण्टिना र प्यूर्तो रिकोबीच म्याच पहिला शिकागोमा खेलिने तय गरिएको थियो तर टिकटहरूको कम्ती बिक्रीले गर्दा म्याचलाई मियामीमा स्थानान्तरित गरिएको थियो। पछिबाट टिकट मूल्य पनि घटाएर २५ डलरसम्म गरिएको थियो। अर्जेण्टिना फूटबल संघले चाहिँ यसको निम्ति इमिग्रेशनसँग सम्बन्धित समस्याहरूलाई जिम्मेवार ठहऱ्याएको छ। आफ्नो कप्तानीमा अर्जेण्टिनालाई गत वर्ल्ड कपमा च्याम्पियन बनाउने मेस्सी अहिले फिफा वर्ल्ड कप २०२६-को निम्ति तयारी गरिरहेका छन्। यो उनको अन्तिम वर्ल्ड कप हुनसक्छ।

About Author

Advertisement