ट्रम्प-मेलोनी द्वन्द्व तीव्र, पोप विवादले दूरी बढायो

0x0

नयाँ दिल्ली: डोनाल्ड ट्रम्पले पोपको आलोचना गरेपछि इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग उनको सम्बन्धमा तनाव अझ बढेको छ। इरान युद्धमा समर्थन नगरेको तथा पोपको पक्षमा उभिएको भन्दै ट्रम्पले मेलोनीको कडा आलोचना गरेका छन्।
एक अन्तर्वार्तामा ट्रम्पले मेलोनीबाट आफूले अझ बढी साहसको अपेक्षा गरेको तर त्यो गलत सावित भएको बताए। उता मेलोनीले ट्रम्पको पोपविरुद्धको टिप्पणीलाई “अस्वीकार्य” भनेकी छन्, यद्यपि उनले ट्रम्पका आरोपहरूको प्रत्यक्ष जवाफ दिएकी छैनन्।
यसबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि ट्रम्पमाथि प्रहार गर्दै पोपको समर्थनमा धारणा व्यक्त गरेका छन्। उनले शान्ति र मानवताको पक्षमा बोल्नेहरूमाथि प्रायः शक्तिशाली पक्षबाट आक्रमण हुने गरेको बताए।
विशेषज्ञहरूका अनुसार यो विवाद मेलोनीका लागि राजनीतिक रूपमा फाइदाजनक हुन सक्छ, किनकि उनी देशको आर्थिक दबाब र हालैका राजनीतिक चुनौतीबाट बाहिर निस्कने प्रयासमा छिन्।
इरान युद्धको विषयमा इटाली र अमेरिकाबीच मतभेद स्पष्ट देखिएको छ। मेलोनीले पहिले नै स्पष्ट पारिसकेकी छन् कि इटाली यस युद्धमा सहभागी हुने छैन।
पोप लियो चौधौँ र ट्रम्पबीचको विवाद त्यसबेला अझ चर्कियो, जब पोपले युद्ध र हिंसाविरुद्ध बोल्दै ईश्वरले बम खसाल्नेहरूको साथ नदिने बताएका थिए। त्यसको जवाफमा ट्रम्पले पोपमाथि वामपन्थी प्रभाव परेको आरोप लगाएका छन्।

About Author

Advertisement