श्रमजीवि र खटिखानेहरुका लागि आवाज बन्न सुमेन्द्र तामाङले निर्दलीय उम्मेद्वारको रूपमा बुझाए नामांकन पत्र

IMG-20260404-WA0093

खरसाङ: खरसाङ विधानसभा समष्टिमा श्रमजीवि पहलबाट निर्दलीय उम्मेद्वारको रुपमा खरसाङको बरबुङ बस्ती निवासी सुमेन्द्र तामाङद्वारा नामांकन पत्र बुझाएका छन्। उनी श्रमजीवी र खटिखानेहरुको‌ आवाजलाई मुद्दा बनाएर चुनावी मैदानमा उत्रिएका छन्। खरसाङ महकुमा शासक कार्यालयमा आफ्नो नामांकन पत्र बुझाएर बाहिर आएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङले भने, यहाँ जात र धर्मको नाममा साथै एउटा पार्टीले‌ अर्को पार्टीलाई दोषारोपण गर्ने मात्रै गर्छ तर मूल मुद्दा दबिएर जाने गरेको छ। तर सकरात्मक रुपमा समाज निर्माणमा लाग्नुपर्छ। युवाहरु वैचारिक महत्वको कुरा गर्न आवश्यक छ। युवाहरु राजनीतिक खेतला हुने मात्र होइन तर दूरदर्शी भएर अघि आउनुपर्छ।’

उनले अघि भने, अहिलेको समय परिवर्तनको छ। तर परिवर्तन भन्नाले सत्ताको परिवर्तन मात्र होइन तर समाजलाई प्रगतिशील रुपमा सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन चाहेको हो। समाजलाई कसरी अघि बढाउने भन्ने विषयमा चुनावमा अघि आएका हौँ।’
तिनले श्रमिक भन्नाले हामी केवल चियाबारीमा काम गर्ने श्रमिक मात्र बुझ्छौँ भन्दै तर जसले पनि श्रम गर्छन् उनीहरू सबै श्रमिकहरू हुन् भन्दै ती सबै श्रमिकहरूको हक र अधिकारको निम्ति एउटा आवाज बनेर यो चुनाउमा खडा भएको अवगत गराए। तिनले भने-यो समाजमा जो खटीखानेहरू छन् उनीहरू यो समाजको मूल स्तम्भहरू हुन्, उहाँहरूको आवाज भोटको समयमा छेऊ लागेर जान्छ। कहिल्यै पनि व्यक्तिको समाजको समस्याको बारेमा चर्चा हुँदैन अनि त्यसमाथि काम पनि हुँदैन। तामाङले आफूले यस चुनाउमा लड्ने निर्णय गरेदेखि यता लगातार रूपमा प्रचार प्रसारमा लागिरहेको जनाउँदै तर पहिलादेखि नै तिनीहरूले गरेको कर्मबाट मानिसहरूलाई प्रभावित भएको औ प्रायः सबै ठाउँबाट खुबै असल प्रतिक्रियाहरू पाइरहेको पनि जनाए। तिनले युवाहरूलाई आह्वान गर्दै अब सकरात्मक रूपमा समाजको निर्माणको निम्ति अघि आउनुपर्छ भन्दै आगामी दिनमा युवाहरू राजनीतिक खेताला मात्र नभएर राजनीतिक दुरदृष्टि भएको पनि हुनुपर्छ भनी बताए। तामाङले आगामी ६ अप्रेल खरसाङ बजारमा तिनको चुनावी प्रचार गरिने जहाँ गीतकार, सङ्गीतकारहरू, साहित्यकारहरू सबै भेला भएर कसैलाई असुविधामा नपारीकन कार्यक्रम गरिने जानकारी गराए। आफूहरूको जीतमा साइलेन्स भोटरहरूको ठूलो भूमिका रहेको पनि अवगत गराए।

About Author

Advertisement