अमेरिका-भारतबीच सामरिक स्वच्छ ऊर्जा साझेदारी सम्बन्धी मन्त्री स्तरीय संयुक्त बयान

1000_F_250133716_wBuJyUX1wYBxr8bamy3uLE1lUlOxU0QG.jpg

नयाँ दिल्ली: अमेरिका र भारतबीच सामरिक स्वच्छ ऊर्जा साझेदारी (एससीईपी) सम्बन्धी मन्त्री स्तरीय बैठकमा अमेरिकी ऊर्जा सचिव जेनिफर ग्रानहोल्म अनि भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पूरीले ऊर्जा सुरक्षा सुदृढ बनाउन तथा स्वच्छ, सुरक्षित अनि न्यायसम्मत् ऊर्जा सङ्क्रमणका लागि द्विदेशीय स्वच्छ ऊर्जा सहकार्य अति महत्त्वपूर्ण रहेको बताएका छन्।

अमेरिका-भारतबीच सामरिक स्वच्छ ऊर्जा साझेदारी सम्बन्धी मन्त्री स्तरीय संयुक्त बयान वैश्विक ऊर्जा बजारको अस्थिरताबीच, कोभिड-19 महामारीबाट बाहिरिने प्रक्रियाका साथमा बढ्दो जलवायु सम्बन्धी चुनौतीहरूबीच, संयुक्त राज्य अमेरिका अनि भारतले वहनीय अनि न्यायसम्मत् ऊर्जा सङ्क्रमणलाई गति प्रदान गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ। जलवायु अनि स्वच्छ ऊर्जाका नेतृत्त्वका रूपमा अमेरिका अनि भारतले यस महत्त्वपूर्ण दशकमा उत्सर्जन घटाउँदै जलवायु परिवर्तन शमन लक्ष्य हासिल गर्न, विभिन्न राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै स्वच्छ ऊर्जालाई व्यापक परिमाणमा व्यवहारमा ल्याउने साझा दृष्टिकोण राख्दछ। वैश्विक ऊर्जा बजारमाथि नियमित परामर्शको माध्यमद्वारा, साझा ऊर्जा सुरक्षालाई सुदृढ बनाउने प्रयासका साथमा अर्थनीतिमा कार्बन घटाउने प्राविधिक सहकार्यद्वारा यी दुई राष्ट्रले अमेरिका-भारत सामरिक स्वच्छ ऊर्जा साझेदारीको माध्यमद्वारा विश्वले सामना गरिरहेको विविध सङ्कटलाई सक्रिय रूपमा सम्बोधित गरिरहेको छ।

बैठकको क्रममा दुवै मन्त्रीद्वारा ऊर्जा क्षेत्र साझेदारीको व्यापक परिप्रेक्ष्यमा प्रगतिको समीक्षा गरियो। विगत केही वर्षमा द्विदेशीय ऊर्जा व्यापारमा उल्लेखनीय वृद्धिको दुवैले सराहना गरे। यसका साथै दुवै देशका हितधारकबीच स्वच्छ ऊर्जा सहकार्यमा वृद्धिको स्वागत उनीहरूले जनाए, जसले उदीयमान प्रविधिका साथमा स्वच्छ ऊर्जामा निवेश बढाउन सुगम बनाइरहेको छ। सामरिक पेट्रोलियम भण्डारबाट काँचो तेल जारी गर्ने अमेरिकाको पहललाई भारतको समर्थनका साथमा स्वच्च ऊर्जाका स्रोतहरूमा विविधता ल्याउनुपर्ने महत्त्वसहित ऊर्जा बजारमा सन्तुलन कायम गर्न विश्वसनीय ऊर्जा आपूर्ति सुनिश्चित गर्नुपर्ने महत्त्व पनि मन्त्रीद्वयले रेखाङ्कित गरे। जलवायु तथा स्वच्छ ऊर्जा सहकार्यले ऊर्जासम्म पहुँच, सामर्थ्य, ऊर्जा न्यायलाई प्रोत्साहित गर्नका साथै वहनीय आर्थिक विकास अनि न्यायसम्मत् ऊर्जा सङ्क्रमणलाई पनि सहयोग गर्नुपर्ने कुरामाथि मन्त्रीद्वयले बल दिए। महत्त्वकाङ्क्षी राष्ट्रिय जलवायु एवं स्वच्छ ऊर्जा लक्ष्यको सम्भाव्यता अनि वहनीयता सुनिश्चित गर्न सम्मिलित प्रयासका साथै सरकारको सबै स्तरमा कार्यान्वयनको ठोस प्रयास आवश्यक रहेको पनि उनीहरूले बताए। क्षमता निर्माणका साथमा सबै हितधारकसहित श्रेष्ठ प्रणालीको विनिमय पनि देशको जलवायु तथा स्वच्छ ऊर्जा लक्ष्य हासिल गर्न महत्त्वपूर्ण घटक रहेको बताए।

भारत तथा अमेरिकाद्वारा उदीयमान इन्धन तथा प्रविधिका साथमा विद्युतिकरण अनि अन्तिम उपयोग क्षेत्रमा कार्बन घटाउने दिशामा निरन्तर प्रयासको प्रगतिबारे पनि चर्चा गरियो। पूर्णरूपमा त्याग गर्न कठिन क्षेत्रको पनि चर्चा गर्दै मन्त्रीद्वयलाई संयुक्त अनुसन्धान तथा स्मार्ट ग्रिडको विकास र ऊर्जा भण्डारण लगायत कार्बन सङ्ग्रहण, उपयोग अनि भण्डारण प्रविधिमा नयाँ सहकार्यका अतिरिक्त स्वच्छ ऊर्जा अनुसन्धानका लागि भारत-अमेरिका साझेदारी (पीएसीई-आर) अन्तर्गत अभिनव प्रविधिमा सहकार्यको सम्भावना खोज्ने विषय पनि चर्चामा सामेल रहेको थियो। वहनीय, सामर्थ्य, विश्वसनीय, अनुकूलित अनि स्वच्छ ऊर्जा प्रणाली सुनिश्चित गर्न ऊर्जा क्षेत्रमा निवेश बढाउनुपर्ने महत्त्व पनि मन्त्रीद्वयले रेखाङ्कित गरे। बढाइने द्विदेशीय प्रयासमा निम्नलिखित सामेल छन् :

  • स्मार्ट ग्रिड अनि ऊर्जा भण्डारणसहित विश्वसनीय, सुपथ अनि लचिलो स्वच्छ ऊर्जा आपूर्ति सुनिश्चित गर्न पावर ग्रिडको सुदृढिकरण।
  • भार प्रबन्धनलाई समर्थन गर्नका लागि ग्रिड एकिकृत भवन, ईलेक्ट्रिक वाहन अनि अन्य वितरित ऊर्जा संसाधनको मूल्याङ्कन गर्नु,
  • २०३० सम्म गैर जीवाश्म इन्धन आधारित ऊर्जा संसाधनबाट करिब ५० प्रतिशत सञ्चयी विद्युत शक्तिको स्थापित क्षमता प्राप्त गर्न भारतको लक्ष्यलाई समर्थन गर्नुसहित नविकरणीय ऊर्जा विकास अनि यसको तैनाथीलाई अघि बढाउनु,
  • उपकरण, भवन अनि औद्योगिक क्षेत्रमा ऊर्जा दक्षता अनि संरक्षणलाई अघि बढाउनु,
  • भारतमा ईलेक्ट्रिक वाहन (ईभी) वित्त पोषण सेवा सुविधा स्थापनाको माध्यमद्वारा सक्षम परितन्त्र बनाउनुसहित परिवहन क्षेत्रको विद्युतिकरण र डिकार्बनाइजिङ,
  • मिथेन पत्तो लगाउन र उपशमन प्रविधि तैनाथ गर्ने प्रयाससहित तेल अनि ग्यास मूल्य शृङ्खलामा उत्सर्जन घटाउनु,
  • विद्युतिकरण, कार्बन क्याप्चर एवं भण्डारण तथा अन्य स्वच्छ उदीयमान ऊर्जा प्रविधि तैनाथीको प्रयासको माध्यमद्वारा औद्योगिक क्षेत्रमा कार्बन कटौती गर्नु,
  • ईआइए जस्ता भारतीय अनि अमेरिकी ऊर्जा प्रयोगशाला अनि अभिकरण तथा ऊर्जा तथ्याङ्क प्रबन्धन, मोडलिङ, कम कार्बन प्रविधिबीच सहयोगलाई अझ सुदृढ बनाउनु।

दुवै मन्त्रीले निवेशलाई सुगम बनाउने, नीतिलाई सूचित गर्ने र प्रौद्योगिकी परिनियोजनमा तेजी ल्याउनका लागि निजी क्षेत्रको भागीदारीको महत्त्व दोहोऱ्याए। यसका लागि अमेरिका अनि भारतले हाइड्रोजन अनि जैव इन्धनमाथि सार्वजनिक-निजी कार्यबल बोलाउन जारी राख्दै स्वच्छ ऊर्जा पारगमनलाई समर्थन गर्नका लागि आवश्यक अक्षय ऊर्जा व्यापक परिमाणमा एकिकरणलाई समर्थन गर्न नयाँ ऊर्जा भण्डारण कार्यबल शुभारम्भ गर्ने पनि घोषणा गरे। दुवै मन्त्रीले तेल अनि ग्यास क्षेत्रमा उत्सर्जन घटाउन सहयोग गर्नका लागि कम उत्सर्जन ग्यास कार्यबलअन्तर्गत भारतको शहरी ग्यास वितरण क्षेत्रमा मिथेन अपशमन प्रौद्योगिकी तैनाथ गर्नका लागि एउटा सम्झौता ज्ञापनको माध्यमले भारतीय अनि अमेरिकी कम्पनीबीच सहयोगलाई स्वागत जनाए।

अमेरिका अनि भारतको सरकारी अभिकरणले सहयोगको पाँच तकनिकी स्तम्भमाथि कैयौं उपलब्धि प्रदर्शन गरे। (१) बिजुली अनि ऊर्जा दक्षता, (२) अक्षय ऊर्जा, (३) उत्तरदायी तेल अनि ग्यास, (४) सतत विकास, र (५) उदीयमान इन्धन अनि प्रौद्योगिकी। दुवै मन्त्रीले अभूतपूर्व ऊर्जा सुरक्षा अनि जलवायु तथा ऊर्जा चुनौतीको सामना गर्नका लागि न्यायसङ्गत ऊर्जा अवस्थान्तरणमा सहयोग गर्न अमेरिका-भारत सामरिक स्वच्छ ऊर्जा साझेदारीअन्तर्गत विस्तारित प्रयासलाई स्वागत जनाए। पीआइबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement