खरसाङ: खरसाङ बजारदेखि केही किलोमीटर टाड़ामा रहेको गिध्द पहाड़स्थित रक गार्डन भ्यु पोइन्ट अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। गिध्द पहाड़मा रहेको यो भ्यु पोइन्टले अहिलेको समयमा स्थानीय र बाहिरका धेरै पर्यटकहरूलाई तान्ने गरेको छ। पर्यटन सिजनको समय यहाँ दैनिक एक हजार जति पर्यटकहरू आउने गरेको स्थानीयहरूले बताएका छन्। गिध्द पहाड़क भ्यु पोइन्ट साथै यसकै नजिकमा रहेको नेताजी म्युजियम र भ्यु पोइन्टदेखि केही मुनिपट्टि रहेको चियाबारी क्षेत्रको भ्युले गर्दा पर्यटकहरूलाई आकर्षित बनाईरहेको छ। यहाँबाट पहाड़ र मधेशको राम्रो भ्युले गर्दा पर्यटकहरूलाई आकर्षित पार्न सफल बनेको छ। अहिले दशैंको सिजनमा झनैं बेसी पर्यटकहरू आउने गरेका छन्। अहिलेको समयमा विशेष गरी शनिबार र आईतबार छुट्टीको समय झनै पर्यटहरू यहाँ आउने गरेको छ। यसबाहेक पनि स्वाधीनता सेनानी नेताजी सुवासचन्द्र बोसको पुरानो घरलाई नै बनाइएको नेताजी म्युजियम पनि पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। विशेष गरी स्थानीयहरू पनि यहाँको भ्यु पोइन्टमा आएर समय बिताउनु र फोटो खिँच्न धेरै रमाउने गरेको छ। गिध्द पहाड़स्थित भ्यु पोइन्टमा पर्यटकहरू आउने विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्थानीय प्रमोद छेत्रीले गिध्द पहाड़स्थित भ्यु पोइन्टमा पर्यटकहरू दैनिक रूपमा धेरै आउने गरेको अनि मुख्य रुपमा पर्यटन सिजनको समयमा यहाँ दैनिक रूपमा एक हजारभन्दा बेसी पर्यटकहरू आउने गरेको जानकारी गराएका छन्। उनले बताए अनुसार यहाँ आउने पर्यटकहरू यो भ्यु पोइन्ट लगायत नजिकमा रहेको नेताजी म्युजियममा पनि जाने गरेको र विशेष गरी भ्यु पोइन्टदेखि केही मुनि रहेको चियाबारी र चट्टानहरूले भरिएको क्षेत्रतिर पनि पर्यटकहरू आकर्षित हुने गरेकोले यहाँ पर्यटकहरू धेरै आउने गरेको बताएका छन्। छेत्रीले यहाँ पर्यटकहरू आएर पहाड़ र मधेशको भ्यु देखेर रमाउने गरेको अनि विशेष गरी फकी लागेको समयमा पनि पर्यटकहरू चिसो मौसमले गर्दा धेरै रमाउने गरेको पनि बताएका छन्। स्थानीयहरूको पक्षमा प्रमोद छेत्रीले यहाँ पर्यटकहरू आउने क्रम अझ बढाउनु हो भने यहाँ निर्माणाधीन अवस्थामा रहेको रोपवे पनि चाढ़ै सञ्चालन गर्न सकिए अझ धेरै पर्यटकहरू आउने सम्भावना देखिएको बताएका छन्। उल्लेखनीय छ खरसाङको गिध्द पहाड़देखि रोहिणीसम्म पुग्ने रोपवे निर्माणाधीन अवस्थामा रहेको छ तर अहिलेसम्म पनि यसको निर्माण कार्य पूरा भएको छैन। गिध्द पहाड़को भ्यु पोइन्टमा आउने सबै पर्यटकहरू यहाँको नेताजी म्युजियममा जाने गरेका छन्। यस विषयमा नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानसित सोधपुछ गर्दा नेताजी म्युजियममा पर्यटन सिजनमा दैनिक रूपमा पाँच सय, एक हजार, पन्ध्र सय जति पर्यटकहरू आउने गरेको र दैनिक हरदर पर्यटकहरू ५०० भन्दा माथि नै आउने गरेको पनि उनले बताएका छन्।
प्रधानले अझ बताए अनुसार विशेष गरी नेताजी म्युजियममा एकदिने भ्रमणमा आउने पर्यटकहरू यहाँ आउने गरेको र बिहान आएर दार्जिलिङ र खरसाङ घुमेर गिध्द पहाड़स्थित रक गार्डनको भ्यु पोइन्ट र नेताजी म्युजियम घुम्न आउने गरेको र यताबाट नै बेलुकी सिलगढी फर्कने गरेको जानकारी गराएका छन्। उनले अघि भने, ‘विभिन्न पर्यटकहरू यहाँ आएर धेरै खुशी हुन्छन् अनि नेताजीको पुरानो घरमा आउनु पाउँदा भाग्यमानी सम्झन्छन्, पर्यटकहरू नेताजी म्युजियममा आएर राम्रो राम्रो कमेन्टहरू लेख्ने गरेको छ।’ नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानले गिध्द पहाड़को रक गार्डन भ्यु पोइन्ट र नेताजी म्युजियम घुम्न आउने पर्यटकहरूको लागि जीटीए कि पश्चिम बंगाल सरकारले पब्लिक टोयलेट बनाउनु नितान्त जरूरी रहेको बताएका छन्। उनले टोयलेटबाहेक पनि भ्यु पोइन्टमा पर्यटकहरूको रेस्टोरेन्ट प्रकारको क्याँफटेरिया बनाउनु सकिए धेरै राम्रो हुने अनि यसले गर्दा पर्यटकहरू र चालकहरूको लागि पनि धेरै सुविधा हुने बताएका छन्।
