पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लब, कालेबुङले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा शुक्रवार भएको म्याचमा जर्जियन फूटबल क्लबले मिक्स्ड अप् बोयज विरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल कुञ्जमान थापाले १४औं मिनटमा गरे। कुञ्जमान थापाले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। शनिवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र एकाडमी नाइट्स (एके) गान्तोकबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।