मंगन पीएमश्री स्कूलका प्रधानाध्यापक कर्मा टी इथेन्पालाई राष्ट्रीय शिक्षक पुरस्कार

IMG-20250905-WA0153

गान्तोक: राष्ट्रीय शिक्षक दिवसको अवसरमा मंगन जिल्लाको पीएमश्री सरकारी उच्च्त्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मा टेम्पो इथेन्पालाई राष्ट्रीय शिक्षक पुरस्कारले सम्मानित गरियो। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमबीच देशकी राष्ट्रपति द्रौपदी मूर्मूको बाहुलीबाट उक्त पुरस्कार प्रदान गरिएको हो। यसबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रीय शिक्षक पुरस्कारले सम्मानित इथेन्पालाई बधाई एवं शुभकामना दिँदै यो केवल प्रधानाध्यापक कर्मा टेम्पो एथेन्पाको लागि मात्र नभएर राज्यका प्रत्येक शिक्षक र विद्यार्थीको लागि ठूलो सम्मानको क्षण रहेको बताए। मुख्यमन्त्रीले प्रधानाध्यापक एथेन्पा लगायत स्कूलका शिक्षक, विद्यार्थी र अशिक्षण कर्मचारीहरुलाई बधाई प्रकट गरेका वछन्। उनले स्कूलको शैक्षिक गतिविधिप्रति सामुहिक प्रयासको खुलेर प्रशंसा गरे। राष्ट्रिय सम्मानको अतिरिक्त राज्यभरिका १३ शिक्षकहरूलाई आज स्थानीय मनन केन्द्रमा शिक्षा क्षेत्रमा अनुकरणीय योगदानका लागि राज्य शिक्षक पुरस्कारद्वारा सम्मानित गरियो।

About Author

Advertisement