शहीद गोल्ड कप शुरुः सिङलिङ स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250905-WA0143

कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा उत्तर बंगालको सर्वाधिक पुरस्कार राशिको साथ शहीद गोल्ड कप ५ सेप्टेम्बरदेखि शुरु भयो। मेला ग्राउण्डमा शुक्रवार खेलिएको उद्घाटन म्याचमा सिङलिङ स्पोर्टिंग क्लबले काकरभित्ता (नेपाल)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रहीमले ४४औं मिनट र रबिन छेत्रीले ८३औं मिनटमा गोल गरे। यसरी काकरभित्ता (नेपाल) को तर्फबाट मौसम सुब्बाले २२औं मिनटमा गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा नेपाल, सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, कलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिनेछ।

टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement