मंगन: मंगन जिल्लाका जिल्लापाल तथा जिल्ला चुनाउ अधिकारी अनन्त जैनले आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसित बैठक गरे। चुनाउ गतिविधि सम्बन्धी बैठकमा जिल्लापाल जैनले भारतको चुनाउ आयोगद्वारा निर्धारित संवैधानिक प्रावधान र कानुनी दिशानिर्देशबारेमा प्रकास पारे। यसलगायत चुनाउ प्रक्रियाका प्रमुख विषयहरू, समन्वयमा सुनिश्चितता र सरोकारहरूबीचको समन्वयमाथि पनि छलफल गरियो। यस अवसरमा राज्यका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।