खरसाङ: खरसाङ खण्ड अन्तर्गत तराइको सिमबारी क्षेत्रमा अवस्थित ज्योत्सनामाया जुनियर बेसिक स्कूलमा बुधवार पुस्तक दिवस (बुक डे) पालन गरियो। यस अवसरमा मुख्य अतिथि को रुपमा सुकुना-पानीघट्टा समष्टिका कार्यकारि सभासद् परेश तिर्की उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा सुकुना ग्राम पञ्चायत सदस्य कल्याण बाग्दास, खरसाङ खण्ड कर्माध्यक्ष सुकमल उराँव लगायत विद्यालयका प्रधान शिक्षक तथा अन्य शिक्षक-शिक्षिकाहरू उपस्थित थिए । यस अवसरमा स्कूलका विद्याथ हिरूलाई पुस्तकहरू वितरण गरियो। यस समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि परेश ति कर्कीले विद्याथ हिरूमा पुस्त क पढ्ने बानी बसाउनु आवश्यकछ भनी बताए। तिनले आजका नानीहरू सबै मोबाइल फोनमा व्यस्त रहन्छन् भन्दै यस दिशामा नानीहरूका अभिभावकहरूले पनि ध्यान दिनुपर्ने बताए। तिनले अभिभावकहरूलेनै नानीहरूलाई पुस्तक पढ्ने बानी गराउनुपर्ने जनाउँदै विद्यालय जाँदा पनि नानीहरूको सरसफाई तथा उनीहरूको पढाइप्रति ध्यान दिनुपर्ने बताए। आफू यसै स्कूलमा पाँच कक्षासम्म पढेको अवगत गराउँदै यस विद्यालयको गरिमा अनि नाम धेरै उच्च रहेको बताए। तिर्कीले यस पुस्तक दिवसको सबैलाई शुभकामना अनि बधाई दिँदै तर यस उत्पव मनाएको त्यत्तिबेला सार्थकहुन्छ जतिबेला सबै नानीहरूले पुस्तक पढ्छन् औं तिनीहरूका अभिभावक अनि शिक्षक शिक्षिकाहरूले पुस्तक अध्ययनप्रति नानीहरूलाई प्रेरित गर्छन् भन्दै हामी सबैले पुस्त क पढ्ने दिशामा आफ्नो रुचिलाई बढ़ाउनुपर्ने बताए।

कार्यक्रमलाई उपस्थित अन्य अतिथिहरूले पनि सम्बोधन गरेका थिए भने कार्यक्रममा स्थानीय गण्यमान्य व्यक्तिहरू लगायत विद्याथ हिरूका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।









