खोरीबारी: खोरीबारी ग्रामीण अस्पतालमा मिटिङ हलको आज उद्घाटन गरियो। सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले ६.५ लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त वातानुकूलित सभा हलको आज उद्घाटन गरे। उद्घाटन कार्यक्रममा दार्जिलिङ जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिक, खोरीबारीका अध्यक्ष रत्ना सिंह राय, किशोरी मोहन सिंह लगायत अन्य उपस्थित थिए। सिलगढी महकुमा परिषदका सभाधित अरुण घोषले कोभिडको समयदेखि नै डाक्टर तथा स्वास्थ्य कर्मीहरूको कामको सराहना गरे भने आगामी दिनमा पनि स्वास्थ्य कर्मीहरूलाई यस्तै प्रकारले स्वास्थ्य सेवा प्रदान गर्ने बताए। यसको साथै यस ब्लकमा उप स्वास्थ्य केन्द्रहरूको संख्या ११ देखि बढाएर १८ वटा बनाएको छ। मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिकले भने, विभिन्न रक्त जाँचको लागि ४ करोड़ रुपियाँको लागतमा डायग्नोसिस सेन्टरको निर्माण गरिरहेको छ।








