खरसाङ: भाषा सङ्ग्रामी बुद्धिमान प्रधानलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सूचना एवम् सांस्कृतिक विभागद्वारा खरसाङ सन्तमेरिजस्थित तिनको निजी बासस्थानमै गएर संवर्द्धना जनाइयो। गत २० अगस्त गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा जीटीए अनि दार्जिलिङ नगरपालिकाको संयुक्त पहलमा ३१औं नेपाली भाषा मान्यता दिवस पालन गरिएको थियो। उक्त समारोहमा यसचोटि खरसाङ क्षेत्रबाट भाषा संग्रामी बुद्धिमान तामाङलाई संवर्द्धना जनाइने तय गरिएको थियो। तर तिनको वृद्ध साथै शारीरिक अस्वस्थताको कारण उक्त समारोहमा सहभागी हुन नसकेकोले सम्बन्धित विभाग घरैमा पुगेर तिनलाई सम्मान जनाएको बताइएको छ।








