अनियन्त्रित भएर पल्टियो कोइला बोकेको लरी, चालक घाइते

IMG_20220903_160713.png

खोरीबारी: कोइला बोकेको एउटा लरी अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको छ। उक्त घटना आज बिहान खोरीबारीको पानीट्याङ्की संलग्न धाकुमोड़ इलाकाको ३२७ नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार कोइला बोकेको एउटा लरी खोरीबारीतर्फ गइरहेको समय चालक निदाएकोले गर्दा लरी अनियन्त्रित भएर सड़कमा पल्टिनको साथै लरी चालक पनि घाइते भएका छन्। घटनाको जानकारी पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर बतासी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको छ। घाइते चालक उत्तर प्रदेश निवासी ६० वर्षीय इन्दर सिंहको रूपमा चिन्हित गरिएको छ। घटनापछि ट्राफिक जामको समस्या उत्पन्न भएकोले यसलाई नियन्त्रण गर्नको लागि घटनास्थलमा ट्राफिक पुलिस तैनाथ गरेको छ।

About Author

Advertisement