गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ आज मुम्बईबाट सिक्किम फर्किए। सिक्किम फर्किने क्रममा उनलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा विधायक जीटी ढुङ्गेल,पार्टीका कार्यकर्ता लगायत अन्यहरूले भव्यरूपमा स्वागत जनाए।उल्लेखनीय छ, गत २८ अगस्तको दिन उनी मुम्बई गएका थिए।

मुम्बईमा सिक्किमका रोगीहरूको निम्ति आश्रयको आवश्यकतालाई महसुस गर्दै मुख्यमन्त्रीले सिक्किम सुस्वास्थ्य भवनको शिलान्यास गरेका हुन्। राज्यका राज्यपालले उक्त भवनको शिलान्यास गरेका थिए। उक्त भवन मुम्बईस्थित खरगार नबी मुम्बइमा निर्माण गरिने छ।