गान्तोक: सिक्किम सरकारले अभूतपूर्व कदम चाल्दै १९९० ब्याचका भारतीय प्रशासनिक सेवाका अधिकारी विजय भूषण पाठकलाई सिक्किमका मुख्य सचिवको पदमा नियुक्ति गरेको छ। हिजो १९८६ ब्याच का मुख्य सचिव सुरेश चन्द्र गुप्ताको सेवानिवृत्ति पछि उत्पन्न असमनजस्य स्तिथिलाई मध्यनजर राख्दै पाठकलाई मुख्य सचिवको पदमा नियुक्ति गरेको हो।
सन् १९८७ ब्याचका दुई वरिष्ठतम भारतीय प्रशासनिक अधिकारीमध्ये, ज्ञान प्रकाश उपाध्याय, सिकिम क्याडरमा सबैभन्दा वरिष्ठ अधिकारी रहेता पनि उनलाई साधरणत: क्याबिनेट सचिव र दोस्रो वरियतामा रहेका अरुण कुमार यादवलाई सिक्किम सरकारको मुख्य प्रशासनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको छ। अरुण कुमार यादवलाई भने सिक्किम राज्यसँग सम्बन्धित सबै महत्त्वपूर्ण नीतिगत निर्णयहरू मुख्य प्रशासकीय सल्लाहकार मार्फत गर्न निर्देशन दिएको छ भने यादवलाई मुख्य सचिवको पद बराबरको तलब सहितको प्रमुख काम तोकेको छ।
यसरी नै योजना विभागको प्रमुखको पदभार सम्हाल्दै यशोदा भण्डारीलाई सहकारिता विभागको आयुक्त सहसचिवमा सरुवा गरी गरिएको छ भने कार्मिक विभागका सचिव छिवाङ रिन्जिङ भोटियालाई योजना तथा विकास विभागको अतिरिक्त जिम्मेवारी दिइएको छ।
त्यसैगरी, प्रधान मुख्य वन संरक्षक एमएल श्रीवास्तवलाई पर्यटन विभागको अतिरिक्त जिम्मेवारी दिएका छ। कोषागार, तलब तथा लेखाका प्रमुख निर्देशक एमसीपी प्रधानलाई वित्त नियन्त्रक तथा सचिवको पदमा नियुक्ति गरेको छ भने प्रमुख निर्देशक, जनस्वास्थ्य तथा अभियन्त्रिकी विभागका प्रमुख निर्देशक जीवन सुब्बालाई वित्त विभागको प्रमुख निर्देशक तथा सचिवको पद तोकिएको छ।