नयाँ वर्ष मनाउन खरसाङ र वरिपरिका स्थानहरुमा घुम्न आउनेहरुको देखियो भीडभाड

IMG-20250101-WA0552

खरसाङ: नव वर्ष २०२५मा खरसाङ र वरिपरिको स्थानहरुमा घुम्नेहरुको भीडभाड देखिएको छ। खरसाङको विभिन्न पर्यटकीय स्थलहरूमा नयाँ वर्ष मनाउन आउने मानिसहरूको निक्कै बेसी भीड देखियो। नयाँ वर्षको दिन घुम्नु आउनेहरुमा गाडीहरुमाभन्दा पनि दुई चक्केहरु बाइक र स्कुटीहरुमा घुम्न आउनेहरु बेसी देखिएको छ।‌ नयाँ वर्षको अवसरमा ग्रुप ग्रुप बनिएर बाइक र स्कुटीहरुमा घुम्न आउनेहरु ज्यादा देखियो। विशेष गरेर सिलगढी तर्फबाट खरसाङको विभिन्न स्थानहरुमा घुम्न आउनेहरु बेसी देखिएको छ। यसको साथै खरसाङको जीरो पोइन्टमा बाइक र स्कुटीहरुको लश्कर निक्कै बेसी देखिएको छ। कतिपय स्थानतिर झन जाम पनि देखिएको थियो। विशेष गरेर खरसाङको गिध्द पहाडको रक गार्डन भ्यु पोइन्टमा बाइक र स्कुटीहरुको लामो लश्कर देखिएको थियो। यस गिध्दे भ्यु पोइन्टमा दोकानहरु नजिकदेखि लामो लाइन देखिएको थियो।‌यस भ्यु पोइन्ट लगायत गिध्द पहाडको तलतिरको चियाबारीतिर पनि निक्कै बेसी भीड देखिएको छ।‌ चियाबारीको डाँडा काँडाहरु सबैतिर पनि भीडभाड देखिएको थियो। तार लगाएको बारभित्र पनि पसेर घुम्न आउनेहरु डाँडा काँडाहरुतिर मानिसहरु फोटो खिँचाउन व्यस्त रहेको देखियो। गिध्द पहाड साथै खरसाङको डाउहिल, हनुमान डाँडा, महानदी, तीनधारे लगायत विभिन्न स्थानहरुमा नयाँ वर्ष मनाउन आउनेहरुको भीडभाड देखिएको छ।‌ वर्षको पहिलो दिन छुट्टीमा‌ मानिसहरु खरसाङ र वरिपरिको विभिन्न स्थानहरुमा घुम्न आउनेहरुको भीडभाड निक्कै देखिएको छ।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement