एयर इण्डिया घरेलु उडानहरूमा इन-फ्लाइट वाई-फाई इन्टरनेट शुरु गर्ने पहिलो भारतीय एयरलाइन्स बन्यो

00-1-Air-Idia

कोलकाता: भारतको अग्रणी वैश्विक एयरलाइन एयर इण्डियाले एयरबस ए३५०, बोइङ ७८७-९ र केही एयरबस ए३२१ नियो विमानहरूद्वारा सञ्चालित घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरूमा वाई-फाई इन्टरनेट कनेक्टिभिटी सेवा शुरु गरेको आज घोषणा गरेको छ। यससँगै, एयर इण्डिया भारत भित्रका उडानहरूमा इन-फ्लाइट वाई-फाई इन्टरनेट सेवा प्रदान गर्ने पहिलो कम्पनी बनिसकेको छ। यस नयाँ सुविधाले यात्रुहरूलाई चाहे उनीहरू छुट्टी मनाउन वा व्यापारिक उद्देश्यका लागि यात्रा गरिरहेका किन नहून्, उडानका क्रममा इन्टरनेटसँग जडान हुने, ब्राउजिङ गर्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने, काम गर्ने वा साथी र परिवारसँग सन्देश पठाउने सुविधा दिनेछ। एयर इण्डियाका चीफ कस्टमर एक्सपिरियन्स अफिसर राजेश डोगराले भने, “कनेक्टिभिटी आधुनिक यात्राको एक अभिन्न अंश बनिसकेको छ। कसैका लागि यो रियल-टाइम सेयरिङको सुविधा र आरामसँग जोडिएको छ भने अन्यका लागि यो उत्पादकता र कार्यकुशलतासँग सम्बन्धित छ। यात्रुको उद्देश्य जे भए पनि, हामीलाई विश्वास छ कि हाम्रो वाई-फाई सेवाले उनीहरूलाई खुशी तुल्याउनेछ र एयर इण्डियाको नयाँ अनुभवको आनन्द लिनेछन्।”

वाई-फाई सक्षम उपकरणहरू, जस्तै ल्यापटप, ट्याब्लेट र आईओएस वा एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरूमा उपलब्ध, यो इन-फ्लाइट वाई-फाईले १०,००० फिटभन्दा माथि उडानका क्रममा पनि एकै पटकमा धेरै उपकरणहरू जडान गर्नसक्ने सुविधा दिन्छ। घरेलु मार्गमा वाई-फाईको कार्यान्वयन एयरबस ए३५०, केही एयरबस ए३२१ नियो र बोइङ बी७८७-९ विमानहरूमार्फत अन्तर्राष्ट्रिय गन्तव्यहरू (जस्तै, न्यूयोर्क, लण्डन, पेरिस र सिंगापुर) का लागि चलिरहेको पाइलट कार्यक्रमको अनुशरणमा गरिएको हो। घरेलु उडानहरूमा जस्तै, वाई-फाई सेवा एक शुरुवाती अवधिको लागि निःशुल्क प्रदान गरिनेछ। एयर इण्डियाले आफ्नो अन्य विमानहरूमा यो सेवा क्रमशः लागू गर्दै जाने योजना बनाएको छ।

एयर इण्डियाको उडानमा यात्रीहरूले वाई-फाई कसरी प्रयोग गर्न सक्नेछन्?

  • वाई-फाई अन गर्नुहोस् र वाई-फाई सेटिङमा जानुपर्छ।
  • ‘एयर इण्डिया वाई-फाई’ नामक नेटवर्क चयन गर्नुपर्छ।
  • डिभाइसको डिफल्ट ब्राउजरमार्फत एयर इण्डिया पोर्टलमा रिडाइरेक्ट भएपछि, पीएनआर र अन्तिम नाम जस्ता आवश्यक विवरणहरू भर्नुपर्छ।
  • निःशुल्क इन्टरनेट सेवाको प्रयोग गर्न सकिन्छ।

नोट: उडानका क्रममा वाई-फाई जडान उपग्रह कनेक्टिभिटी, समग्र ब्यान्डविथ प्रयोग, मार्ग र सरकारी प्रतिबन्धजस्ता कारकहरूमा निर्भर गर्नेछ।

About Author

Advertisement