खोजी अभियान चलाएर सुरक्षा बलहरूद्वारा हतियार र विस्फोटक पदार्थ बरामद

4269454-ani-20241230052252

इम्फाल(मणिपुर): मणिपुरका पहाड़ी एवं उपत्याका जिल्लाहरू संग जोड़िएका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूद्वारा संयुक्त खोजी अभियान संचालन गरिएका छन। अभियानका क्रममा ठूलो परिमाणमा हतियार र विस्फोटक पदार्थ बरामद गरिएको छ।
चुराचाँदपुर जिल्लाको मुआल्लाम गाउँमा चलाइएको अभियानका क्रममा एउटा इंसास एक्सक्यालिबर राइफलर एउटा म्यागजिन, एउटा ९ मिमी पेस्तोल (हेण्ड मेड) र एउटा म्यागजिन, एउटा सिंगल ब्यारल राइफल र म्यागजिन तथा तीनवटा इंसास बल राउण्ड गोला-बारूद नियन्त्रण गरिएको छ भने अन्य अभियान अन्तर्गत तेंग्नौपाल जिल्लाको साइवोम गाउँबाट दुईवटा .३०३ राइफल र दुईवटा म्यागजिन, एउटा १२ बोर सिंगल ब्यारल गन (हेण्डमेड), एउटा पोम्पी गन (हेण्ड मेड), सात आईईडी (ठूलो र मध्यम आकारको), पाँचवटा ह्याण्ड ग्रेनेड, ४० डेटोनेटर, ६० लाइभ राउण्ड, तीनवटा माइन डेटोनेटर तथा एक मोटोरोला रेडियो सेट र पाँचवटा चार्जर बरामद गरिएको छ।
यसका अतिरिक्त इम्फाल ईस्ट जिल्लाको थमनापोकपी, सनसाबी, उयोख चिंग र अन्य क्षेत्रहरूमा सेना, बीएसएफ, सीआरपीएफर राज्य पुलिसले गत २८ दिसम्बरदेखि संयुक्त खोजी अभियान संचालन गरेको छ। यी क्षेत्रहरूबाट सबै सशस्त्र उपद्रवीहरूलाई लखेटिएको छ। चारवटा अवैध बंकरलाई नष्ट गरिएको छ भने तीनवटामा कब्जा गरिएको छ।
उयोख चिंगका प्रभावशाली क्षेत्रहरूमा सुरक्षा बलहरूले मोर्चा सम्हालेका छन्। सुरक्षा बलहरूले यी क्षेत्रहरूमा शान्ति कायम राख्ने र सुरक्षा सुनिश्चित गर्न स्थानीयबासीसंग अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement