ऱ्यापिड चेसमा दोस्रोपल्ट खिताब जितेर इतिहास रचिन् कोनेरु हम्पीले

IMG-20241229-WA0222

नयाँ दिल्ली: अनुभवी भारतीय ग्राण्डमास्टर कोनेरू हम्पीले आइतवार न्यूयर्कमा वर्ल्ड ऱ्यापिड चेस च्याम्पियनशीपमा खिताब जितेर इतिहास रचिन्। उनले इण्डोनेशियाकी इरीन सुकन्दरलाई पराजित गरी दोस्रोपल्ट ऱ्यापिड चेस च्यापियनशीपमा खिताब जितिन्। च्याम्पियनशीपमा लगातार दुईपल्ट खिताब जित्ने उनी पहिलो भारतीय महिला चेस खेलाड़ी हुन्। साल २०१९ मा मस्कोमा सफलताको झण्डा गाड़ेपछि यस प्रारूपमा यो उनको दोस्रो खिताब हो। चीनकी जू वेनजुनपछि हम्पी महिला वर्गमा एकाधिकपल्ट खिताब जित्ने पहिलो चेस खेलाड़ी बनेकी छन्। ३७ वर्षीय हम्पीले ११ मा ८.५ पोइण्ट्सको साथ टुर्नामेण्टको समापन गरिन्। भारतीय ग्राण्डमास्टरको निम्ति यो निर्णायक जित थियो। यसरी पुरुष वर्गमा रूसका १८ वर्षीय वोलोदर मुर्जिनले खिताब जिते। हालैमा सिंगापुरमा भएको क्लासिकल चेस वर्ल्ड च्याम्पियनशिपमा डी गुकेशले चीनको डिंग लिरेनलाई पराजित गरी ऐतिहासिक सफलता हासिल गरेका थिए।

About Author

Advertisement