ईंग्लिश प्रीमियर लीगः लिभरपूल, म्यानचेष्टर सिटी र नटिंघम फरेष्टको जीत

IMG-20241230-WA0128

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लिभरपूल र म्यानचेष्टर सिटीले जीतको स्वाद चाख्यो। यसरी नटिंघम फरेष्टले चाहिँ आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै दोस्रो स्थान हासिल गऱ्यो। प्रीमियर लीगको जारी सीजनमा असाधारण फर्ममा रहने लिभरपूलले वेष्ट ह्याम युनाइटेडविरुद्ध ५-०-ले एकतर्फी जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले होम टीमलाई कुनै मौका दिएन। विजेता टीमबाट म्याचमा लुईस डिआजले ३०औं, कोडी गाक्पोले ४०औं, मोहामेद सालाहले ४४औं, ट्रेण्ट अलेक्जेण्डर-अर्नोल्डले ५४औं र डिओगो जोटाले ८४औं मिनटमा गोल गरे। यस जीतको साथ लिभरपूलले १८ वटा म्याचमा ४५ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा आफ्नो स्थितिलाई अझ मजबूत गऱ्यो। यसबीच जारी सीजनमा चमत्कारी प्रदर्शन गरिरहेको नटिंघम फरेष्टले एभर्टनलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ३६ प्रतिशत पोजेशनको साथ खेल्ने नटिंघम फरेष्टबाट क्रिस वूडले १५औं र मोर्गन गिब्स-व्हाइटले ६१औं मिनटमा गोल गरे। यस जीतपछि नटिंघम फरेष्टले म्यानचेष्टर सिटी, चेल्सी र आर्सनल जस्ता टीमहरूलाई पछि छोड़ेर १९ वटा म्याचमा ३७ पोइण्ट्सको साथ दोस्रो स्थान हासिल गऱ्यो।
यसबीच सीजनको बीचमा फर्म गुमाएर आलोचनाको शिकार बन्ने म्यानचेष्टर सिटीले पनि लिस्टर सिटीलाई २-०-ले पराजित गरी आत्मविश्वास हासिल गऱ्यो। यस अवे म्याचमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट साविन्होले २१औं र एर्लिंग हालाण्डले ७४औं मिनटमा गोल गरे। यस जीतको साथ गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटी १९ वटा म्यमाचमा ३१ पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो। यसरी टोटनह्यामलाई चाहिँ वूल्भ्सले २-२-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्डमा ४७ प्रतिशत बल पोजेशनको साथ खेल्ने टोटनह्यामबाट रोड्रिगो बेनटांकुरले १२औं र ब्रेनान जनसनले मध्यान्तर अघि इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। यसरी वूल्भ्सबाट ह्वांग ही-चानले सातौं र जोर्गन स्ट्राण्ट लारसेनले ८७औं मिनटमा गोल गरे। यस ड्र पछि ११औं स्थानमा रहने टोटनह्यामको १९ वटा म्याचमा २४ पोइण्ट्स पुग्यो। यसरी वूल्भ्स १६ पोइण्ट्स लिएर १७औं स्थानमा रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा क्रिस्टल प्यालेसले साउथम्प्टनलाई २-१-ले पराजित गऱ्यो। यसरी फूलह्याम र बोर्नमाउथबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

About Author

Advertisement