प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न

n64425892217347197507452c2a922244ff8e0eac0f77d26c7fc549fb642816ce59b5b1d61a1c216bc1dbca

मंगन: कृषि विभाग, मंगन जिल्लाले काबि लुङचोकमा प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत प्रशिक्षण कार्यक्रम आयोजन गर्नुका साथै माइक्रो इरिगेसन सेट्स वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
यस अवसरमा क्षेत्र विधायक टीटी भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
उक्त कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य काबि लुङचोकका कृषकहरूलाई माइक्रो इरिगेसन इनपुट्स वितरण गर्नु र योजनाको बारेमा सचेत गर्नु रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक टीटी भोटियाले यस्ता पहलहरू मार्फत आधुनिक कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्दै किसानहरूको आय बढाउन सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा कृषकहरूलाई एक हजार लिटरको पानी ट्याङ्कीसहित ३१५ वटा सूक्ष्म सिँचाई सेट वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement