विधायक आदित्य गोलेद्वारा सोरेङका १३ जना महिलालाई स्कुटी वितरण

IMG-20241220-WA0347

सोरेङ: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले १३ जना आवश्यक महिलाहरूलाई स्कुटी वितरण गरेका छन्। आज सिङलिङ स्थित आफ्नै निवास स्थानमा विधायक गोलेले यी स्कुटी लाभार्थीहरूलाई वितरण गरेका हुन्। विधायक गोलेलाई कुनै एक शुभचिन्तकले फर्निचर वाहन सहयोग स्वरूप उपलब्ध गराउने वचन दिएका थिए तर विधायक गोलेले उक्त फर्निचर वाहनको बदलीमा स्कुटीहरू दिन आग्रह गरेका थिए। विधायकको उक्त आग्रहलाई स्वीकार गर्दै यी स्कुटीहरू प्रदान गरिएको बताइएको छ। सोरेङ च्याखुङ निर्वाचन समष्टिमा कुल १३ वटा जीपीयु रहेकोले ती १३ वटै जीपीयुका एक एक लाभार्थीलाई यी स्कुटीहरू वितरण गरिएको बताइएको छ। १३ वटा ग्राम पञ्चायत एकाईका एकएक जना महिलाहरूको नाम छनौट गरी उनीहरूको आवश्यकतालाई मध्यनजर राख्दै स्कुटी प्रदान गरिएको हो। उक्त स्कुटीहरु स्वयंले किन्न नसक्ने जरुरतमन्द नारीहरुलाई विधायक गोलेले यी स्कुटीहरू प्रदान गरेको बताइएको छ। आफूहरूको आवश्यक्तालाई ध्यानमा राख्दै यसरी स्कुटी वितरण गरिदिएकोमा लाभार्थीहरूले क्षेत्र विधायक आदित्य गोलेप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement