दार्जिलिङ मेलो फेस्ट २०२४’ धोत्रेमा सम्पन्न

IMG-20241220-WA0307

धोत्रे फरेष्ट भिलेजलाई क्लीनेस्ट टुरिज्म भिजेलको उपाधि प्रदान

दार्जिलिङ: ग्रामीण क्षेत्रलाई पर्यटन क्षेत्रमा प्रोत्साहन गराउने मुख्य उद्देश्यको साथमा पर्यटन विभाग जीटीए र दार्जीलिङ पुलिसको संयुक्त आयोजनामा आयोजित मेलो टी फेस्टको उपलक्ष्यमा दार्जिलिङको सुदुरवर्ती रिम्बिक लोधोमा समष्टिको धोत्रे फरेष्ट भिलेजमा क्लीनेस्ट टुरिज्म भिलेजको उपाधि प्रदान गरिएको छ। यसै अन्तर्गत आज धोत्रेमा विविध कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा गोर्खा जातिको खानपीनसँगै विविध सांस्कृतिक झलकहरुसँगै परम्परा समेत राखिएको थियोे भने जातीय भेषभुषा प्रदर्शन कार्यक्रमको आकर्षण केन्द्रबिन्दु रहेकोे थियोे। कार्यक्रममा दार्जिलिङ पुलिस अधीक्षक प्रवीण प्रकाश, जीटीए पर्यटन विभागीय सभासद नोर्देन शेर्पा लगायतको सहभागिता रहेकोे थियोे भने उनीहरुलाई क्षेत्रवासीले भव्य रूपमा स्वागत जनाएका थिए। कार्यक्रमबारेमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए पर्यटन विभागका सभासद नोर्दैन शेर्पाले भने, ‘आफुहरू धोत्रे फरेष्टलाई ‘क्लीनेस्ट टुरिज्म भिलेज २०२४” -को दर्जा दिलाउन तथा मानिसहरूलाई ग्रामीण भेगमा पर्यटन व्यवसायमा बडवा दिने लक्ष्य रहेको बताएका छन्।

अर्कोतिर, आज साँझ धोत्रे खेल मैदानमा सांस्कृतिक कार्यक्रम भईरहेको छ। जसमा नेपाली ख्यातिप्राप्त गायक दिपक बज्राचार्यले आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन्।

About Author

Advertisement