लाचेनमा सिमसार संरक्षणबारे सचेतना कार्यक्रम

IMG-20241220-WA0345

मंगन: सिक्किम सरकारको वन तथा पर्यावरण विभागअन्तर्गत मंगन पर्य़ावरण तथा माटो संरक्षण विभागद्वारा सिमसार संरक्षण र व्यवस्थापनको महत्त्वबारे लाचेनमा एक जागरूकता कार्यक्रम आयोजन गरियो। कार्यक्रममा सरकारी अधिकारीहरू, स्थानीय जनता लगायत विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सिक्किम सरकारको वन तथा पर्यावरण विभागका प्रमुख संरक्षक कर्मा डी. भोटिया, साथै डिभिजनल वन अधिकारी सहायक वन संरक्षक, मंगनका क्षेत्रीय अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य अतिथिले सिमसारको पारिस्थितिकी र सांस्कृतिक महत्त्वमाथि प्रकाश पारे र त्यसको दिगो व्यवस्थापनको आवश्यकतामाथि जोड दिए। उनले भारत सरकारको राष्ट्रिय जलीय पारिस्थितिक प्रणाली संरक्षण योजनाअन्तर्गत गरिएको गुरुदोङमार सिमसारको एकीकृत व्यवस्थापन योजनाको महत्त्वमा उल्लेख गरे। यो सरकारको “सुनौलो अनि समृद्धि सिक्किम” कार्यक्रमअन्तर्गत रहेको बताए। सिक्किमको समृद्ध प्राकृतिक सम्पदाको संरक्षणमा नागरिकहरुको सहयोग सुनिश्चित हुनुपर्ने बताए। सिमसार संरक्षणको कार्यलाई बढावा दिन स्थानीय जनतालाई सहभागिताको आग्रह पनि गरे। यो पहलले सुनौलो र समृद्ध सिक्किमको मार्ग प्रशस्त गर्ने दाबी पनि उनले गरे। योजनाअन्तर्गत संरक्षणको प्रयाससंगै स्थानीय जीविकोपार्जनलाई सहयोग गर्न लाभार्थीहरूलाई आवश्यक सुविधाहरु वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement