गान्तोक: सेन्ट्रल साइट्रस रिसर्च इन्सटीट्युट, नागपुर र कृषि विज्ञान केन्द्र उत्तर जिल्लाको संयुक्त पहलमा उत्पादन अभ्यास अनि सिट्र्स अर्कडको घटदो उत्पादनलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यक्रम आज उत्तर जिल्लाको कृषि विज्ञान केन्द्रमा सम्पन्न भयो। कार्यक्रममा लिङ्डोङ, तार्याङ, तल्लो सिंघिक, ब्रिङबोङ, नामपटम जस्ता सिट्रस उत्पादन गर्ने क्षेत्रका किसानहरू र बागवानी विभागका क्षेत्रीय अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा वागवाणी विभागका एचडीओ. मिकमार लेप्चा विशेष अतिथिकोरूपमा उपस्थित थिए।यस अवसरमा डा. वरिष्ठ वैज्ञानिक ई.एस. मारबोह, क्षेत्रीय अनुसन्धान स्टेशन, विश्वनाथ, चरियाली, आसामले प्रशिक्षण कार्यक्रमको उद्देश्यबारेमा कृषकहरूलाई जानकारी दिए। उनले सिट्रस जर्मप्लाज्म र सिट्रसका प्रजातिहरूको महत्त्वको बारेमा विस्तृतरूपमा पावरपोइन्ट प्रेजेन्टेनसनको माध्यमद्वारा प्रस्तुत गरे। डा. मार्बोले सिट्रसको आनुवंशिक विविधताको संरक्षण र इष्टतम वृद्धि र उत्पादकत्वको लागि सही प्रजातिहरूको छनोटको महत्त्वमा ध्यान केन्द्रित गरे। केभीके उत्तर सिक्किमकी सुश्री रिन्चेन डेन्जोङ्पा एसएमएस बागवानीले सिट्रसको जैविक प्याकेज र अभ्यासहरूमा विस्तृत पावरपोइन्ट प्रस्तुतीकरण पनि प्रस्तुत गरे। कृषकहरूलाई सजिलो बुझाइको लागि बोर्डो मिश्रणको तयारी र प्रयोगको बारेमा भिडियो पनि देखाइएको थियो। कार्यक्रममा सिट्रस उत्पादकहरूका लागि बोर्डो मिश्रण र फेरोमोन पासो जस्ता इनपुटहरू पनि वितरण गरिएको थियो।