गान्तोक: आगामी वर्षको फरवरी महिनादेखि उत्तरखण्डमा आयोजना हुने ३८औं राष्ट्रीय महिला फुटवल प्रतियोगिताको निम्ति सिक्किम महिला टोली छनौट भएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले खुशी प्रकट गरेका छन्। विशेष गरेर 38 औं राष्ट्रीय खेल अन्तर्गत महिलावर्गको निम्ति फुटवल प्रतियोगिताको पनि आयोजना गरिने भएको छ भने यस प्रतियोगिताको निम्ति सिक्किम महिला फुटवल टोली छनौट भइसकेको छ। मुख्यमन्त्री तामाङ–टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै ऐतिहासिक उपलब्धिको प्रशंसा गरे। ‘राष्ट्रिय स्तरमा पुग्ने तयारीमा रहेको टोलीले राज्यको आशा र गौरव बोकेको छ, जुन फुटबलको दुनियाँमा प्रेरित गर्ने र स्थायी प्रभाव पार्न तयार रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। यो माइलखुट्टीले टोलीको खेलप्रतिको अथक लगाव र समर्पणलाई उजागर गर्नका साथै राज्यमा महिला खेलको बढ्दो स्तरलाई पनि रेखांकित गरेको मुख्यमन्त्रीले बताएका छन्।