कोचबिहारमा ब्राउन सुगरसहित दुई जना पक्राउ

IMG-20241220-WA0247

कोचबिहार: दिनहाटा थानाको पुलिसले ब्राउन सुगरसहित मालदाको कालियाचकका दुई व्यक्तिलाई पक्राउ गरेको छ। दिनहाटा पुलिस अधिकारी धीमान मित्राले दिनहाटा थानामा प्रेस सम्मेलन गरे। केही दिनअघि मिलन रहमान नामक एक व्यक्तिलाई दिनहाटा थानाको पुलिसले पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिको साथबाट पुलिसले फेन्सिडिल बरामद गरेको थियो। सोधपुछपछि पुलिसले उनको ससुराको घर कालियाचकमा रहेको थाहा पायो। सो जानकारीका आधारमा पुलिसले ब्राउन सुगरका दुई व्यापारी भेट्टायो। त्यसपछि कालियाचकका दुई जना व्यक्ति ब्राउन सुगरको डेलिभरी दिन दिनहाटा शहर पुगे। त्यही बेला पुलिसले दिनहाटा थाना क्षेत्रको वार्ड नम्बर ९ बाट ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो। समाचारअनुसार, पुलिसले कालियाचक क्षेत्रका सैदुल इस्लाम र सलाम शेख नाम गरेका दुई व्यक्तिलाई पक्राउ गरेको थियो। पुलिसको अनुसार उनीहरूको साथबाट १८० ग्राम ब्राउन सुगर बरामद भएको छ।

About Author

Advertisement