पिस मिरिक क्रिसमस फेस्टिवल २०२४ सम्पन्न

IMG-20241220-WA0235

मिरिक: अल क्रिश्चियन माइनोरिटी अर्गनाइजेशन मिरिक ब्लक कमिटीको आयोजनामा मिरिक झील परिसरमा पिस मिरिक क्रिसमस फेस्टिवल २०२४ सम्पन्न गरियो। पास्टर जिनर थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रेभरेन किरण घिमिरेले गरेका थिए भने रेभरेन सामुएल बाग प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसरी नै मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, विशप फ्रान्सिस एस सिङघा, रेभरेन अर्जुन पल, गायक अजय लम्जेल, केन्द्रीय समिति चेयरमेन डा. अजय छेत्री, केन्द्रीय समिति सल्लाहकार पास्टर मिका छेत्री, केन्द्रीय समिति उपाध्यक्ष डोलिङ लेप्चा, आयोजक समितिका सचिव पास्टर अजय प्रधान, उपाध्यक्ष पास्टर शिलाश राई, कोषाध्यक्ष पास्टर टी.छिरिङ भुटिया लगायत मिरिक महकुमाका अधिकांश चर्चका पास्टर अनि विश्वासीहरूको उपस्थिति रहेको थियो। एसीएमओ मिरिक ब्लकका सचिव पास्टर अजय प्रधानले स्वागत सम्भाषण राखेका थिए भने गायक अजय लम्जेलले प्रभु येशु ख्रीष्टको भजनहरू प्रस्तुत गरेर उपस्थित मानिसहरूलाई मन्त्रमुग्ध बनाएका थिए। यसरी नै प्रमुख अतिथि रेभरेन सामुएल बागले बाईबलको वचन सुनाए भने कलाकारहरूले गीत अनि नृत्यहरू पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा कविहरूले क्रिसमसको अवसरमा कविताहरू पनि पाठ गरेका थिए। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा एसीएमओका पदाधिकारीहरूले प्रभु येशु ख्रीष्टको जन्मोत्सवलाई पालन गर्न आज मिरिकमा पिस मिरिक क्रिसमस कार्यक्रमको आयोजना गरेको जसमा प्रभु येशु ख्रीष्टको सुसमचार लगायत बाईबलको वचनहरू प्रस्तुत गरेको बताएका छन्। उनीहरूले २५ दिसम्बरको दिन सबै मण्डलीहरूले आ- आफ्नो चर्चमा क्रिसमस पालन गर्ने हुनाले आज भने सम्पूर्ण मण्डलीहरूलाई एकै ठाउँमा लिएर प्रि क्रिसमस पर्व पालन गरेको बताएका छन्‌।

About Author

Advertisement