खरसाङ: भारतको नीति अयोगद्वारा पञ्जीकृत वर्ल्ड बुक ऑफ रिकॉर्ड्समा नाम दर्ता भएको भारतकोे २२ वटा राज्यमा ४२२ वटा कार्यालयबाट सञ्चालित भईरहेका ८०हजार सदस्यहरू भएका भारत मानवाधिकार एसोसिएशनका राष्ट्रीय अध्यक्ष अनुराग चंद्रवंशीद्वारा खरसाङका अधिवक्ता पंकज गुप्तालाई पश्चिम बंगाल राज्यका सचिव नियुक्त गरिएकोमा उत्तर बंगाल हरिजन वेलफेयर अर्गनाइजेसनका अध्यक्ष शंकर राउत, सचिव संजय राउत अनि सल्लाहकार भाेला राउतकोे कार्यालयमा एक औपचारिक भेटघाटकोे माध्यमले खदा लगाएर बधाई दिएका छन्। यस औपचारिक भेटघाटमा नर्थ बंगाल हरिजन वेलफेयर अर्गनाइजेसनका अध्यक्ष शंकर राउतले अधिवक्ता पंकज गुप्ता राज्यको सचिव अनि ज्योतिराज मुखिया राज्य मीडिया प्रभारी नियुक्त भएकोमा पहाड़काे निम्ति गर्व हो भनी बताएका छन्। सचिव संजय राउतले उत्तर बंगाल हरिजन वेलफेयर अर्गनाइजेसनले लगातार दलित वञ्चित अनि असहाय परिवारलाई सहयोग पुर्याउनकोे साथ समाजमा जागरूकता ल्याउनकोे निम्ति कार्य गरिरहेको र यसरी भारतीय मानवाधिकार एशोसिएसनले बंगाल राज्यकाे महिला सुरक्षा अनि नानीहरुको शिक्षामाथि कार्य गर्नकाे निम्ति कानुन अनि संविधानका ज्ञान राख्ने व्यक्ति पंकज गुप्तालाई यस्ता महत्वपूर्ण पदमा नियुक्ति दिएकोमा धन्यवाद दिन्दै आगामी दिनहरूमा अझ सुचारु अनि व्यवस्थित रूपमा उनको सहयोगले समाजलाई सेवा पुर्याउन आशा व्यक्त गर्दै समाजकोे विभिन्न समस्याहरूमाथि चर्चा गरेका छन्। सल्लाहकार भोला राउतले पनि उत्तर बंगाल हरिजन वेलफेयर अर्गनाइजेसनका सम्पूर्ण सदस्यहरु उनलाई तत्परताकोे साथ सहयोग गर्ने आश्वासन दिएका छन्। नव नियुक्त राज्य सचिव पंकज गुप्ताले पनि यस औपचारिक भेटघाटकोे माध्यमले बधाई दिएकोमा धन्यवाद दिदै मानवधिकार तथा विभिन्न सामाजिक समस्यालाई लिएर विचार, सुझाव राखेकोमा खुशी व्यक्त गरेको उत्तर बंगाल हरिजन वेलफेयर अर्गनाइजेसनको सचिव सञ्जय राउतले जानकारी गराएका छन्।











