३० अगस्तः पहाड़ी युवा संघ, रोंगचोंगको आयोजनमा हुने कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी गरियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको पहिलो दिन ५ सेप्टेम्बरमा दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









