भाजपा नेता दिलीप घोषले सीमा क्षेत्रमा बसोबास गर्ने मानिसहरूसित भेट गरे

IMG-20241214-WA0171

सिलगढी: भाजपाका वरिष्ठ नेता दिलीप घोष सदस्यता अभियानको लागि उत्तर बंगाल भ्रमणमा छन्। यसै सन्दर्भमा आज उनी सिलगढी विभागीय परिषदअन्तर्गत जलस निजामातारा क्षेत्रको निर्मल जोत गाउँ पुगेका थिए, त्यहाँ उनले एउटा सानो सभालाई सम्बोधन गरे। उनले प्रधानमन्त्री मोदीको विकास निर्माणका कामको चर्चा गरे। सर्वसाधारणसँग पनि कुराकानी गर्दै उनीहरुको समस्याबारे जानकारी लिए। सदस्य भर्ना अभियानका लागि आएको उनले बताए। उनले जनतालाई भाजपामा आउन आह्वान गरे। त्यहाँबाट उनले फ्रन्टियर महानन्द बीओपी गए र भारत–बंगलादेश सीमाको अवस्थाबारे बीएसएफका जवानहरूसँग कुरा गरे, यसबाहेक भाजपा नेता दिलीप घोषले भारत–बंगलादेश सीमामा रहेको फंसिदाबाद ब्लकमा गएर मानिसहरूसँग भेटघाट गरे।

About Author

Advertisement