जलपाईगढी: जलपाईगढी जिल्ला पुलिसको पहलमा आज बाबुपाडाको एउटा भवनमा रक्तदान शिविर आयोजना गरियो। यस शिविरको मुख्य उदेश्य विशेषगरी जाडो याममा रगतको आवश्यकता बढी हुँदा ब्लड बैंकमा रगतको अभावलाई पूरा गर्नु थियो। शिविरमा लाइन्स क्लबका सदस्य, जिल्ला पुलिस कर्मचारी, नागरिक स्वयंसेवकले रक्तदान गरे।

रक्तदाताहरूमा विभिन्न वर्गका व्यक्तिहरू समावेश थिए जसले स्वेच्छाले रक्तदान गरेको देखियो। यस रक्तदान शिविरमा करिब दुई सय युनिट रगत संकलन भएको र सदर अस्पतालको ब्लड बैंकमा पठाइने डिएसपी अरिन्दम पालले जानकारी दिए। यस पहलले ब्लड ब्यांकमा रगतको अभावमा पर्न र बिरामीलाई आवश्यक रगत आपूर्ति सुनिश्चित गर्न सहयोग पुग्ने उनको विश्वास छ।











