मिरिक: मिरिक नगरपालिका वार्ड नम्बर ६ स्थित सनराईज पोइन्ट नजिक रहेको शशि राईको घरमा हिजो राती लगभग १० बजेर ३० मिनटतिर पहाडमा नदेखिने अरना भैसी पसेपछि उनका छोरा विश्वास राई भाग्यले बाचेका छन्। उक्त भैसी सनाईज पोइन्ट परिसरमा रहेको जंगलबाट आएको हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन्। भैसी डिल माथिबाट शशि राईको घरको छानोमा आएपछि घरको छानो नै भत्काएर कोठाभित्र पसेको र भित्र सुतिरहेका शशि राईका छोरा विश्वास राईले बताएका छन्। आफू सुतिरहेको कोठाभित्र अचानक अरना भैसी पसेपछि आफु असमञ्जसमा परेको भन्दै आफू भाग्यले बाचेको उनले बताएका छन्। यता घटनाको खबर पाएपछि क्षेत्रीय सभासद मिलेश राई घटनास्थलको निरीक्षण गर्न काउले पुगेका थिए। उनले घट्नास्थलको निरीक्षण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा अरना भैसी जस्तो जंगली जनवारको ताण्डवले सबैलाई अचम्भितसँगै गाउँमा त्रासको माहोल छाएको बताए। उनले शशि राईको घरमा हाल धेरै क्षति पुगेको बताए। उनले बन विभागले विहान घटनास्थलको जायजा लिएको तथापि आफूले फेरि पनि विभागलाई यसबारे गम्मिरतापूर्वक छानबिन गरिदिने आह्वान गरेको र वन विभागको टोलीले उक्त भैसीको लोकेशन ट्रेग गर्ने पनि बताए। यसरी नै उनले क्षेत्रवासीलाई वन विभागको टोलीको कार्वाही नसकेसम्म घाँस दौरा गर्न जंगल नगइदिने आह्वान गरेका छन्।