मणिपुरमा तीन बिद्रोही कार्यकर्ताहरु हतियार र विस्फोटकसहित गिरफ्तार

675a59b459c13-manipur-123406991-16x9

इम्फाल(मणिपुर): मणिपुर पुलिस र असम राइफल्सद्वारा संचालित संयुक्त अभियान अन्तर्गत पीपुल्स रिभोल्युशनरी पार्टी अफ कांगलीपाक प्रीपाक- प्रोका तीनजना भूमिगत कार्यकर्तालाई गिरफ्तार गरिएको छl ती गिरफ्तारी हुनेमा नम्ब्रम इन्द्रजीत सिंह (२२), राजकुमार मोहन सना (२१) र वारेपम अल्बर्ट मितेई उपनाम थोई (२१)- रहेका छन्।
यिनीहरूलाई थौबल जिल्लाको थौबल अथोकपामबाट गिरफ्तार गरिएको हो।
यी बिद्रोही कार्यकर्ताहरू जबरदस्ती रकम असुलीका गतिविधि तथा अवैध रूपमा हतियार राखेको आरोपमा संलग्न थिए। सो गिरफ्तारी पछि सुरक्षा बलले संदिग्धहरूका साथबाट बाट एउटा एचई (उच्च विस्फोटक) ह्याण्ड ग्रेनेड, पार्टीका सम्बन्धित पाँच माग पत्र, सक्रिय सिम कार्ड, तीनवटा मोबाइल फोन र एउटा होण्डा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
उक्त गिरफ्तारी पछि सुरक्षा बलले मणिपुरका पहाड़ी र उपत्याका जिल्लाहरूका संवेदनशील क्षेत्रहरूमा व्यापक खोजी अभियान सुरु गरेको छ। चंदेल जिल्लाको सारंग तंपक तथा ह्रिन्खू क्षेत्रमा चलाइएको अभियानमा केही हतियार र विस्फोटक पदार्थहरू बरामद गरिएको छl ती बरामद गरिएका सामानमा एउटा के-४७ राइफल, एउटा एके-५७ म्यागजिन, एउटा ९ मिमी पेस्तोल म्यागजिन, तीन स्थानीय रूपमा निर्मित मोर्टर (पोम्पी), स्थानीय मोर्टरका दुईवटा सक्रिय बम र एक सिंगल ब्यारल बन्दुक ससंलग्न रहेको छ।
यसरी नै चुराचाँदपुर जिल्लाको तीसिंग क्षेत्रमा चला इएको अर्को अभियानमा ठूलो परिमाणमा आग्नेयास्त्र र गोला-बारूद बरामद गरिएको छl बरामद गरिएका सामाणमा एउटा .३०३ राइफल, चारवटा१२बोर सिंगल ब्यारल बन्दुक, एउटा ९ एमएम पेस्तोल, एउटा .२२ राइफल, एउटा १२-बोर शटगन, ७.७४ मिमी गोला-बारूदको एघार राउण्ड, ९ मिमी गोला-बारूदको पाँच राउण्ड, .२२गोला-बारूदको दुई राउण्ड, १२बोर गोला-बारूदको छत्तीस राउण्ड, एक .३०३ राइफल म्यागजिन तथा एउटा पेस्तोल म्यागजिन रहेका छन्। सुरक्षा बलहरूको उक्त अभियान राज्यभरि नै जारी छन्।

About Author

Advertisement