पाँचवटा मरेको गाईगोरुको मृत शरीर सिलगढीमा सडक किनारमा भेट्टाइयो

सिलगढी: सिलगढीदेखि केही टाडामा स्थित सालुगढामा आज सडकको किनारमा पाँचवटा मरेको गाई-गोरु उद्धार भएपछि इलाकामा एकक्षण हडकम्प मच्चियो। जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान सडक किनारमा केही गाई-गोरु मरेको अवस्थामा भेट्टाए।यसपछि उनीहरुले यसबारे भक्तिनगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे। पुलिस सूत्रले दिएको जानकारी अनुसार मोठ छवटा गाई-गोरु उद्धार गरिएको छ भने तीमध्ये ५ वटा मरेको अवस्थामा भेट्टाइयो। यसको साथै एउटा गोरू गम्भीर रूपमा घाइते रहेको छ। घटनाको खबर पाएर पशुप्रेमी सिलगढी खाटु श्याम परिवारका सदस्यहरू घटनास्थलमा पुगेर घाइते गोरूलाई उद्धार गरेर उपचारको लागि लगेको छ। अर्कोतिर, मरेको ५ वटा गाई-गोरुलाई पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको भक्तिनगर थाना पुलिसले जनाएको छ। यस विषयमा पशुप्रेमी परेश रायले भने, यो अति नै मर्मान्तिक घटना हो घटनाको उपर्युक्त जाँच गरिनु आवश्यक रहेको छ।

About Author

Advertisement