उत्तरबंग विश्वविद्यालय कर्मचारीहरूले शुरु गरे विविध मांगमा हडताल

सिलगढी: उत्तरबंग विश्वविद्यालयको कर्मचारी समितिले आजदेखि विविध मांगहरु लिएर हडताल शुरू गरेको छ। विविध मांगहरुमा मूख्य रुपमा महँगाई भत्ता प्रदान गरिनुपर्ने, अस्थायी शिक्षण कर्मचारीहरूलाई ६० वर्षसम्म नोकरीको ग्यारेन्टी, निर्दिष्ट वेतन संरचना, अवकाशप्राप्तको सुविधाहरू पाउनुपर्ने, सरकारी निर्देशअनुसार नियुक्त गरिनपर्ने माग गर्दै उत्तर बंगाल विश्वविद्यालय कर्मचारी संघले आज विश्वविद्यालयको प्रशासनिक भवन अघि काम बन्द गरेर विक्षोभ प्रदर्शन गर्यो। कर्मचारी संघका महासचिव सुमन च्याटर्जीले भने, महँगाई भत्ता लगायत विविध मागलाई लिएर यसभन्दा अघि पनि आन्दोलन गरेका थियौँ। हाईकोर्टले समेत महँगाई भत्ता दिने आदेश दिएको छ। आफूहरूको माग पुरा नगरेको खण्डमा कर्मचारी संगठनले उचित पहल शुरू गर्ने तिनले बताए। एसएससी उत्तीर्ण भएका उम्मेदवारहरूले झैं हामीले पनि आन्दोलन गर्नेछौं। उक्त हडतालमा आज शिक्षक संगठनका सदस्यहरूले पनि अंश ग्रहण गरेका छन्।

About Author

Advertisement