कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १५४ नयाँ मामिला अघि आएको छ भने यस रोगले १ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ३०८ जना कोरोनामुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ८,३४७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,२७८,७२८ जनाको परीक्षण भएको छ।
हालसम्म बङ्गालमा २१,०६,७७८ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८२,७७५ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४६२ जनाले जान गुमाएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८६℅ र सकारात्मक दर १.८४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,६७८,४३७ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।










