सोनादा: दार्जिलिङ अनि कालेबुङ जिल्लामा रहेको प्राथमिक शिक्षक प्रशिक्षण संस्थानलाई बढोतरी गर्दै राज्य सरकारले जिल्ला शिक्षा तथा तालिम संस्थान – डाइट(District Institute for Education and Training) मा समावेश गरेको छ। गोर्खाल्यााण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको निर्देशमा प्राथमिक शिक्षा विभागका प्रभारी डेपुटी चेयरम्यान चियरमेन राजेश चौहानले राज्य सरकारसित वार्तालाप गरेपछि यो दुवै कलेजहरुको बढोतरी भएको राज्य सरकारको शैक्षिक अनुसन्धान र प्रशिक्षण राज्य परिषद (STATE COUNCIL OF EDUCATIONAL RESEARCH & TRAINING) ले सरकारी अध्यादेश जारी गरेको छ। ज्ञात रहोस् पश्चिम बङ्गालमा नेपाली भाषीको निम्ति कालेबुङमा प्राथमिक शिक्षक प्रशिक्षण संस्थान सन् १९५० अनि दार्जीलिङमा सन् १९५७ मा प्राथमिक शिक्षक प्रशिक्षण संस्थानको स्थापना भएको थियो। यसै प्रसङ्गमा हिल तराई प्राथमिक शिक्षक संगठनका केन्द्रीय महासचिव मुन्ना पाख्रिरनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि प्राथमिक शिक्षा प्रभारी एव डेपुटी चेयरम्यान राजेश चौहानप्रति कृतज्ञता प्रकट गर्दै संगठनको दीर्घकालीन मागलाइ शिरोपर गर्दै उहाँहरुले सरकार समक्ष हाम्रो मागलाइ राखेर जुन सरकारी अध्यादेश जारी भएको छ साच्चै यो प्राथमिक शिक्षाको प्रशिक्षार्थीहरुको निम्ति एक ऐतिहासिक कदम हो भनी बताएका छन्। दुइवटा प्राथमिक शिक्षण केन्द्र पश्चिम बङालमै नेपाली भाषीहरुको निम्ति तात्कालीन राज्य सरकारले स्थापना गरेको हुनाले अब डाइट मा अन्तर्भुक्त भईसकेपछि पनि हाम्रो पहाड कै भाषा बुझ्ने र ज्ञान भएको प्रीन्सिपल पनि नियुक्ती गरिनु पर्ने माग हिल तराइ प्राथमिक शिक्षक संगठनले राख्दा छ भनी महासचिव मुन्ना पाख्रिनले जनाएका छन्।