नक्कली नोटसहित एक ब्यक्ति पक्राउ

674c9fda7915a-counterfeit-currency-seized-in-guwahati-014140182-16x9

गुवाहाटी(असम): गुवाहाटीको दिसपुर थाना क्षेत्रमा स्पेशल टास्क फोर्स असम (एसटीएफ)- को टीमले एक अभियान संचालन गरी ठूलो परिमाणमा नक्कली भारतीय मुद्रा सहित एकजनालाई पक्राउ गरेको छ।
एसटीएफले सोमवार बतायो, दिसपुर थाना क्षेत्रको खानापाड़ा क्षेत्रस्थित रिसर्च गेट नजिक संचालन गरिएको उक्त अभियानमा पाँच सय दरको २,९९,५०० नक्कली भारतीय मुद्रासहित आरोपीलाई पक्राउ गरेको एसटीएफ टीमले जानकारी गराए।
पुलिसका अनुसार आरोपीको पहिचान पश्चिम कार्बी आंगलोंग जिल्ला निवासी राजीव रांग्पी (३३)- को रूपमा गरेको छ। आरोपीबाट पुलिसले नक्कली नोटका अतिरिक्त एउटा मोबाइल फोन पनि नियन्त्रणमा लिएको छ। गुवाहाटीको गीता नगर क्षेत्रमा बसेर राजीवले नक्कली नोटहरूको अवैध कारबार गर्दै आइरहेको थियो। जफ्त गरिएका नक्कली नोटहरू एसटीएफले दिसपुर पुलिसलाई बुझाएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी थप जाँच गरिरहेको छ।

About Author

Advertisement