कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको घुइचो, बाह्य पर्यटकहरु आउने क्रम तिब्र

IMG-20241130-WA0147

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ। अहिले यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको घुइचो बढ़ेको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन्। चालु आर्थिक वर्षको चार महिनामा १ हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । १९९७ यता यहाँ यति धेरै पर्यटक आएका थिएनन्। आव १९९७/१९९८ मा ७ सय ९९, आव १९९८/१९९९ मा ८ सय ७३ जना विदेशी पर्यटक आएको तथ्यांकले देखाएको छ।
विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन्। चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिभराउ भएको स्थानीय होटल व्यवसायीले बताएका छन्। यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पाको भनाई थियो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ। स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उनि बताउछन। यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement