कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको घुइचो, बाह्य पर्यटकहरु आउने क्रम तिब्र

IMG-20241130-WA0147

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ। अहिले यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको घुइचो बढ़ेको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन्। चालु आर्थिक वर्षको चार महिनामा १ हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । १९९७ यता यहाँ यति धेरै पर्यटक आएका थिएनन्। आव १९९७/१९९८ मा ७ सय ९९, आव १९९८/१९९९ मा ८ सय ७३ जना विदेशी पर्यटक आएको तथ्यांकले देखाएको छ।
विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन्। चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिभराउ भएको स्थानीय होटल व्यवसायीले बताएका छन्। यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पाको भनाई थियो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ। स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उनि बताउछन। यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम भइरहेको छ।

About Author

Advertisement