मालब्लकको चक्लाबस्ती क्षेत्रमा चितुवाहरुको उपद्रो बढ़दो

IMG-20241130-WA0152

जलपाईगुडी: मालब्लकको दमदिम चक्ला बस्तीमा आज वन विभागको खोरमा अर्ध वयस्क चितुवा फेला परेको छ। सूचना पाएलगत्तै वन विभागका कर्मचारीले त्यहाँ पुगी खोरमा राखिएको चितुवालाई नियन्त्रणमा लिएको छ।
स्थानीय स्रोतका अनुसार केही सातादेखि चितुवाले सो क्षेत्रमा आतंक मच्चाइरहेको थियो। चितुवाले वरिपरिका बाख्रा, कुखुरा र सुँगुरलाई लिएर जान्थ्यो। त्यस घटनापछि गाउँलेको माग अनुसार मालबजार वन विभागले उक्त क्षेत्रमा खोरको ब्यबस्था गरि केही दिनअघि मात्र बाख्रालाई चाराका रूपमा सो खोरमा राखि दिए।
शनिबार बिहान स्थानीयले त्यस क्षेत्रमा चितुवाको गर्जना सुनेपछि त्यस खोर अगाडि गएर हेर्दा चितुवा खोरमा फसेको देखे। स्थानीयले वन विभागलाई तत्काल खबर गरेका थिए। त्यस क्षेत्रमा चितुवाको संख्या बढी रहेको स्थानीयको दाबी छ। चितुवाहरुको आतंकलाई नियन्त्रण गर्न पिजरा राख्नु पर्ने स्थानीयहरु बताउँछन।

About Author

Advertisement