बन्दीपुर: तनहुँको बन्दीपुर गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको व्यास नगरपालिका-२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी इन्स्पेक्टर विकास पासवानका अनुसार बागमती प्रदेश २-०२-००३ प ९९४२ नम्बरको मोटरसाइकल नालामा खसेको अवस्थामा फेला पारेको बताए। मोटरसाइकल राति नै नालामा खसेको प्रहरीको अनुमान छ। आइतबार बिहान स्थानीयले साहलाई मृत अवस्थामा फेला पारेका थिए।









