असम: तीनवटा नौका दुर्घटनाग्रस्त हुँदा तीनजना बेपत्ता

IMG-20240621-WA0012

धुबड़ी: धुबड़ी जिल्ला अन्तर्गत बिलासीपाराको काउनबाड़ी क्षेत्रमा एकैसाथ तीनवटा नौका दुर्घटनाग्रस्त भएको छ। यस घटनामा नौकामा सवार तीनजना नानीहरू ब्रह्मपुत्र नदीमा डुबेको खबर छ।
दुर्घटना भएको दोस्रो दिन आइतवार पनि यी नानीहरूको खोजी अभियान एसडीआरएफले जारी राख्यो। बिलासीपाराको काउनबाड़ी क्षेत्रमा गत शनिवार साँझ तीनवटा नौका आपस्तमा ठोक्किदा यो दुर्घटना भएको हो। यस दुर्घटनामा इञ्जन चालित नौकामा सवार तीनजना नानीहरू ब्रह्मपुत्र नदीमा झरे। घटनाको जानकारी पाउनसाथ पुलिस र एसडीआरएफको टीम घटनास्थलमा पुगेर नदीमा डुबेका नानीहरूलाई खोज्न जुटे। नौकामा सवार अन्य मानिसहरू आफ्नो ज्यान बचाउन सफल भए। घटना घट्दा सबै नौकामा जन्तीहरू सवार थिए। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement